६ माघ २०८१, आईतवार
Follow Us

पक्राउ परेका कोशीका पुर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइदै

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०८१, आईतवार ०९:३५

काठमाडौँ । पक्राउ परेका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीलाई काठमाडौँ ल्याइदै छन् । आइतबार विराटनगरस्थित उनकै निवासबाट पक्राउ गरिएका अधिकारीलाई अहिले विमानबाट काठमाडौँ ल्याइदै छ ।

अधिकारीलाई मानव तस्करीसहित किर्ते गरेको आरोपमा काठमाडौँ प्रहरी परिसर अनुसन्धान गरिरहेको छ ।  अधिकारीलाई जापान मानव तस्करी गरेको आरोप लागेको थियो । उनलाई मानव तस्करीको आशंकामा जापान जानेक्रममा टोकियो विमानस्थलबाटै फिर्ता गरिएको थियो ।

अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले काठमाडौँ फर्किनेक्रममा विमानस्थलबाट पक्राउ गरको थियो  उनीहरुले मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलासा भएको छ ।

मानव तस्करीको आरोप लागेपछि शनिबार एमालेले अधिकारीलाई छानबिन गर्न माग गर्दै उनलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।