१ माघ २०८१, मंगलवार
Follow Us

आमरण अनसन बसे क्रान्तिकारीका ३ नेता

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०८१, मंगलवार ०८:०९

काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केही नेता आमरण अनसन बसेका छन् ।

विघटित केन्द्रीय समितिका उपाध्यक्ष केशव रावल तथा केन्द्रीय सदस्यद्वय खगेन्द्र रावल र जनक ढुंगानाले पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबारदेखि आमरण अनसन थालेका हुन् । पूर्वनिर्धारित मिति २३ मंसिरमा निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने माग राखेर अनसन सुरु गरेको रावलले जानकारी दिए ।

रावल अध्यक्षका दाबेदार पनि हुन् । उमेर हद लगाउने कि नलगाउने भन्ने विवादका कारण गत भदौमा आयोजित क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न सकेको थिएन ।

आकांक्षी व्यवस्थापन गर्न नसक्दा सम्मेलन सकिएको दुई महिना बित्दासमेत क्रान्तिकारीको नेतृत्व चयन हुन सकेको छैन ।