काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएको स्रोतले जानकारी दिएको छ ।
लामिछानेसहित १० जनाविरुद्ध पुरक जाहेरी आएको चितवनका एसपी गौतम मिश्रले जानकारी दिएका छन । उनले भने, ‘जाहेरी लिएर हामीले अनुसन्धान थालेका छौं ।’ चितवनको सहाराबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार अवैध तरिकाले गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ ।
गोरखा मिडियाका सञ्चालक लामिछाने र जोशी अहिले प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीहरुविरुद्ध सुर्यदर्शन, सुप्रिम र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । सहारा बचतको रकम अपचलनबारे चितवन प्रहरीले यसअघि नै अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।