२८ असार २०८२, शनिबार
Follow Us

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

नेपालब्रिटेन संवाददाता
७ मंसिर २०८१, शुक्रबार ०६:२८

काठमाडौँ । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । सभामुख घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी)मा सहभागी हुन कम्बोडिया जान लागेका हुन् ।

कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यस्तो सम्मेलन आयोजना गर्दै आएको छ। सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन्।

धेरै पढिएको