१ माघ २०८१, मंगलवार
Follow Us

एनबीसी यूकेले क्यान्सर रोग सम्बन्धि सचेतनामूलक कार्यक्रम गर्ने

नेपालब्रिटेन डट कम्
८ मंसिर २०८१, शनिबार १९:२८

लन्डन । नेप्लिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले क्यान्सर रोग सम्बन्धि सचेतनामूलक वेबिनार आयोजना गर्ने तयारी गरेको छ।

एनबीसी यूकेका अध्यक्ष समीरनाथ प्याकुरेलका अनुसार, आगामी ३० नोभेम्बर, शनिबार बिहान १० बजेदेखि १२:३० बजेसम्म यो कार्यक्रम आयोजना हुने छ।

संस्थाले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)सँगको सहकार्यमा क्यान्सर सम्बन्धि जनचेतना जगाउने उद्देश्यले विशेष वेबिनारको आयोजना गर्दैछ।

कार्यक्रमको मुख्य उद्देश्य क्यान्सर लाग्ने विभिन्न कारणहरू, यसका लक्षणहरू, प्रारम्भिक परीक्षण र उपचारको महत्त्व, साथै क्यान्सरको रोकथामका लागि जीवनशैलीमा गर्न सकिने आवश्यक परिवर्तनहरूबारे जानकारी र सचेतना प्रदान गर्नु हो।

कार्यक्रममा प्रमुख वक्ताहरूका रूपमा निम्न व्यक्तिहरू रहनेछन्:

डा. प्रज्ञा खनाल (क्लिनिकल अन्कोलोजिष्ट, एनएचएस)
सुनिता बोहोरा कार्की (हेड अफ नेक क्यान्सर युनिट, एनएचएस)
सृजना कोइराला (रजिष्टर्ड नर्स, क्यान्सर रिसर्च यूकेबाट प्रशिक्षित म्याटरनिटी कम्युनिटी म्याट्रोन)
प्रभु न्यौपाने (केयर होम सञ्चालक, क्यान्सर रिसर्च यूकेबाट तालिम प्राप्त हेल्थ केयर विज्ञ)
यस कार्यक्रमले क्यान्सरको बारेमा थप जानकारी प्राप्त गर्न चाहने नेपाली समुदायलाई उपयोगी हुने विश्वास गरिएको छ। वेबिनारमा सहभागीहरूले क्यान्सर रोगको रोकथाम, लक्षण र उपचार प्रक्रियाबारे विभिन्न विशेषज्ञहरूको विचार र सुझावहरू प्राप्त गर्न सक्नेछन्।