३१ असार २०८२, मंगलवार
Follow Us

सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढ्यो

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०८१, मंगलवार ०६:१५

काठमाडौँ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा सुन कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । सोमबारको तुलनामा आज ६० रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भएकामा आज प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

धेरै पढिएको