१२ माघ २०८१, शनिबार
Follow Us

यी हुन् ‘एनआरएनए वक्तृत्वकला प्रतियोगिता’ मा सहभागी हुने ३० प्रतिस्पर्धी !

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०८१, शुक्रबार ०५:०२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् इजरायलको आयोजनामा शनिबार (भोलि) आयोजना हुने अन्तर्राष्ट्रियस्तरीय वक्तृत्वकला प्रतियोगितामा ३० जना प्रतिस्पर्धा गर्ने भएका छन्।

विश्वभर रहेका नेपालीहरूको कला र प्रतिभा उजागर गर्ने र विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूबीच सम्बन्ध र सहकार्यलाई प्रवर्धन गर्ने उद्देश्यले उक्त वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुनेलाई २ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ, द्वितीयलाई १ लाख र तृतीयलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ।

प्रतियोगितामा बेलायतबाट अर्नभ भट्टराई र आध्या भट्टराई मात्रै सहभागी छन्।

प्रतियोगिता बेलायत, जापान, मलेसिया, इजरायल, अमेरिका, रसिया, थाइल्याण्ड, पोल्याण्ड, कोरिया, जर्मनी, स्वीडेन, क्यानाडा, माल्टा लगायतका देशबाट प्रतिस्पर्धीहरूको सहभागिता हुनेछ। सो प्रतियोगितामा भाग लिन ४६ जनाले आवेदन दिएका थिए, जसबाट ३० जना अन्तिम चरणमा पुगेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न हुनेछ। कार्यक्रमका विशिष्ट अतिथिहरूमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, कुमार पन्त, वर्तमान अध्यक्ष डा. बद्री केसी, संस्थापकद्धय भीम उदास र रामप्रताप थापा रहेका छन्।

यो गैरआवासीय नेपाली संघको आयोजनामा भएको दोस्रो वक्तृत्वकला प्रतियोगिता हो। पहिलो सृंखलामा प्रथम, द्वितीय र तृतीय क्रमशः सोमिरा केसी (रसिया), जस्मिन सैयद (साउदी अरब) र टिया आचार्य (बेलायत) विजेता भएका थिए।

प्रतियोगिताको निर्णायक मण्डलमा संघका पूर्वअध्यक्ष जीवा लामिछाने, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र पूर्व मिस नेपाल सुगारीका केसी पनि समावेश छन्। कार्यक्रमको संचालन पत्रकार समा थापाले गर्नेछिन्।

यी हुन् प्रतियोगीहरू: