२४ असार २०८२, मंगलवार
Follow Us

बेचन झा र प्रतीक थापालाई थुनामै राख्न उच्च आदेश

नेपालब्रिटेन संवाददाता
१ पुष २०८१, सोमबार १३:३१

काठमाडौँ । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई थुनामै पठाउन आदेश गरेको छ ।

जिल्ला अदालत काठमाडौँले आफूलाई गैरकानूनी रूपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरेको हो । झामाथि अरु आरोपितहरूलाई झैँ ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध अनि संगठित अपराधको आरोप थियो ।

न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झाका साथै प्रतीक थापालाई पनि थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । दुवैलाई २ भदौ २०८१ मा जिल्ला अदालत काठमाडौँले थुनामा राख्न आदेश दिएको थियो ।

धेरै पढिएको