२५ असार २०८२, बुधबार
Follow Us

कांग्रेस नेता शेखर कोइराला बेलायत आउने

नेपालब्रिटेन डट कम्
३ पुष २०८१, बुधबार ०१:२२

लण्डन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य र नेता शेखर कोइराला आगामी जनवरीको दोस्रो साता बेलायत आउन लागेका छन्।

कोइराला बेलायतको विदेश मन्त्रालय र उद्योग वाणिज्य मन्त्रालयको संयोजनमा लण्डनमा आयोजना हुने एक महत्वपूर्ण कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागिता जनाउन कार्यक्रम तय भएको छ ।

नेपाली जनसम्पर्क समिति वेलायतका पूर्व महासचिव र विकास विज्ञ राजकुमार त्रिपाठीका अनुसार, वेलायती संसदको वेष्टमिनिष्टरमा आयोजना हुने सो कार्यक्रममा नेपालका विकास र सहयोग नीतिका बारेमा छलफल गरिनेछ।

१३ जनवरीमा हुने कार्यक्रम बेलायती व्यापार र उद्योग मन्त्री ग्यारेथ थोमसको सक्रियतामा आयोजना हुँदैछ। कार्यक्रममा नेपालमा बेलायतको आर्थिक सहयोग, भूपू गोर्खा आन्दोलन, र दुई देशबीचको कुटनीतिक सम्बन्ध लगायतका महत्वपूर्ण विषयमा वक्ताहरुले विचार प्रस्तुत गर्नेछन्।

नेपाल र बेलायतबीचको कूटनीतिक सम्बन्धको २१३ वर्षको इतिहासमा यो पहिलो पटक हो, जब बेलायतको संसद भवन भित्र नेपाल विकास सम्बन्धी कार्यक्रम आयोजना हुन लागेको हो। त्रिपाठीले यसलाई ऐतिहासिक क्षणको रुपमा लिएका छन्। सो कार्यक्रममा वेलायतस्थित नेपाली समुदायका अगुवा तथा वेलायतस्थित सरकारी अधिकारीहरुको उपस्थिति रहनेछ ।

धेरै पढिएको