२५ असार २०८२, बुधबार
Follow Us

तमुधीं यूके रजत महोत्सव: पप गायिका तृष्णा गुरुङ लण्डनमा

नेपालब्रिटेन डट कम्
५ पुष २०८१, शुक्रबार ००:४६

लण्डन। तमुधीं यूकेको रजत महोत्सवमा भाग लिन पप गायिका तृष्णा गुरुङ लण्डन आइपुगेकी छन्। डिसेम्बर २८ तारिखमा लण्डनस्थित ह्यारो लेजर सेन्टरमा आयोजना हुने कार्यक्रममा भाग लिन गुरुङ बिहीवार साँझ लण्डन उत्रिएकी हुन्। उनको साथमा “द कोल्याब” ब्यान्ड पनि लण्डनको अन्तर्राष्ट्रिय विमानस्थल हिथ्रोमा आइपुगेको छ।

कलाकारहरूको टोलीको स्वागतका लागि तमुधीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, ल्होछारका प्रमुख संयोजक कमल गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, ट्रष्टि तथा गैरआवासीय नेपाली संघका सल्लाहकार सूर्य गुरुङ र संघका केन्द्रीय सदस्य दिलराज गुरुङ विमानस्थलमा पुगेका थिए।
तमुधीं यूके बेलायतको सबैभन्दा ठूलो जातीय संस्थाका रूपमा परिचित छ। तमुधीं यूकेले बेलायतकै उत्कृष्ट नेपाली सामाजिक संस्थाको उपाधी पनि प्राप्त गरेको छ।

धेरै पढिएको