२५ असार २०८२, बुधबार
Follow Us

सूर्यदर्शन सहकारी ठगीः पूरक अभियोगपत्र अदालतमा दर्ता

नेपालब्रिटेन संवाददाता
५ पुष २०८१, शुक्रबार १२:५३

काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले १९ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता भएको । कास्की जिल्ला अदालतमा शुक्रबार सरकारी वकिल कार्यालयले १९ जनाको अभियोगपत्र दर्ता कास्की अदालतले जानकारी दिएको छ ।

कास्की प्रहरीले गरेको अनुसन्धान रिपोर्टका आधारमा उनीहरूलाई अभियोगपत्र दर्ता गरिएको अदालतका निमित्त श्रेष्तेदार ख्यामनारायण लामिछानेले जानकारी दिएका छन । पूरक अभियोग दर्ता हुनेमा जीबी राईसहितका पदाधिकारीहरू छन् ।

तीमध्ये १६ जनालाई सहकारी दफा मात्रै थप भएको छ भने बाँकी २ जनालाई संगठित अपराध र जीबी राईलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, संगठित अपराध र राष्ट्र बैंक कसुर थपिएको उनले सुनाए ।

प्रहरीले ५१ जनालाई प्रतिवादी बनाएको छ । बाँकी नयाँ प्रतिवादीहरूको अभियोगपत्र आइतबार मात्रै दर्ता हुने बताइएको छ । १९ जनाको अभियोगपत्रमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ बिगो कायम गरिएको छ ।

धेरै पढिएको