२४ असार २०८२, मंगलवार
Follow Us

डीपी अर्याललाई कार्यवाहाक सभापति बनाउने रास्वपाको निर्णय

नेपालब्रिटेन संवाददाता
८ पुष २०८१, सोमबार १४:११

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डीपी अर्याललाई कार्यवाहाक सभापति बनाउने निर्णय गरेको छ । भर्चुअल रुपमा जारी रास्वपाको सचिवालय बैठकले डीपी अर्याललाई कार्यवाहाक सभापति बनाउने निर्णय गरेको हो ।

सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, स‌ंगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएसँगै पार्टीको बैठकले यस्तो निर्णय गरेको हो ।

लामिछानेसहित पूर्वडीआईजी एवम् गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङको बयान आजदेखि सुरु भएको हो ।

धेरै पढिएको