९ भाद्र २०८२, सोमबार
Follow Us

चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष महर्जन पक्राउ

नेपालब्रिटेन संवाददाता
८ पुष २०८१, सोमबार १४:१३

काठमाडौं । प्रहरीले काठमाण्डुको चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई पक्राउ गरेको छ । उनलाई सहकारी ठगीको आरोपमा पक्राउ गरीएको जिल्ला प्रहरी परिसरकाठमाडौंले जानकारी दिएको छ ।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि रहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ ।

प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन । उनी उक्त सहकारीका कोषाध्यक्ष रहेका थिए । उनी गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।

धेरै पढिएको