लन्डन । तमुधिं यूकेले संस्था स्थापनाको रजत महोत्सव तथा तमु ल्होछार मनाएको छ । लन्डन ह्यारोस्थित ह्यारो लिजर सेन्टरमा भव्य समारोहबीच बिभिन्न कार्यक्रमको आयोजना गरेर संस्थाले आफ्नो स्थापनाको २५औं वर्षगाँठ मनायो । तमुधिं यूके बेलायतकै उत्कृष्ट संस्था हो ।
कार्यक्रमका प्रमुखअतिथी लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले तमुधिं यूके तमुहरुकोमात्र नभएर समस्त नेपालीको साझा संस्थाका रुपमा काम गरिरहेको थाहा पाउंदा खुशी लागेको बताए ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा हेमराज शर्माले तमुधिं यूके एनआरएनए भन्दा पनि बलियो संस्थाको रूपमा स्थापित भएको जनाउंदै यसले गोर्खा कप, नेपाली मेला जस्ता इभेन्टमार्फत बेलायतका समस्त नेपालीहरुलाई जोड्न सफल भएको धारणा राखे ।
कार्यक्रममा संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले संस्था स्थापनाका दिनको स्मरण गर्दै २५ वर्ष सम्म संस्थाको लागि सहयोग गर्नेप्रति आभार व्यक्त गरे ।
नयाँ कार्यसमितिको पदभार
अवसरमा १३ औं कार्यसमितिका नवनियुक्त अध्यक्ष जुमकाजी गुरुङले औपचारिक पदभार समेत ग्रहण गरे भने अवार्ड वितरण, गीत र स्मारिका लोकार्पण एवं विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरियो ।
महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा विशेष अतिथि तमुधिं नेपालका अध्यक्ष हुम गुरुङले नेपालमा तमुहरुको मौलिकता हराउँदै गएकामा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा तमुधिं जापानका उपाध्यक्ष अर्मन गुरुङ, तमु ट्होह्यूला हङकङका भूपू उपाध्यक्ष गणेश गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, तमु प्येल्हू संघ यूकेका अध्यक्ष क्या। रि डेमबहादुर गुरुङ, एनआरएनए यूके अध्यक्ष एवं पूर्व अध्यक्ष हितकाजी गुरुङले शुभकामना दिए ।
कार्यक्रममा जिसीएससीमा उत्कृष्ट अंक ल्याउने लमजुङ पुख्र्यौली घर भई हाल बेलायत बस्ने अम्बिका गुरुङलाई यस वर्षको डा। हर्क गुरुङ अवार्ड प्रदान गरियो । प्रमुख अतिथि कार्यवहाक राजदूत दुवाडी र संस्थाका अध्यक्ष हरि गुरुङले खादा, प्रमाणपत्र र ५ सय पाउन्डसहित उक्त अवार्ड प्रदान गरे ।
सो अवसरमा संस्थाको मुखपत्र फ्रेंसी विमोचन र रजत महोत्सव गीत सार्वजनिक गरियो भने नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ एवं आमा समूह अध्यक्ष कमला गुरुङलाई पुरानो कार्यसमितिले कार्यभार हस्तान्तरण गरयो ।
सो अवसरमा तमुधिं यूके संस्थापकहरु, विभिन्न इकाइमा योगदान दिएका व्यक्तित्व तथा समुदायमा योगदान दिनेलाई कम्युनिटी सर्भिस अवार्डबाट सम्मान गरिएको छ ।
पूर्वअध्यक्षहरु सम्मानित
संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु मेजर रि डमर घले एमबीइ, मेजर रि लालबहादुर गुरुङ, सुवाससिं गुरुङ बीइएम, मुछेत्र गुरुङ, कमल गुरुङ, रामचन्द्र गुरुङ, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, हितकाजी गुरुङलगायतलाई सम्मान गरियो ।
यस्तै, आमा समूहकी संस्थापक अध्यक्ष एवं एनआरएनए यूके पूर्व अध्यक्ष पूनम गुरुङ, संस्थापक सल्लाहकार चन्द्रबहादुर गुरुङ, आशबहादुर गुरुङ, मीनबहादुर गुरुङ, संस्थापक कोषाध्यक्ष सूर्य गुरुङलगायत सदस्यहरूलाई पनि सम्मान गरिएको थियो ।
साथै लन्डन इकाईका प्रेमराज गुरुङ र लक्ष्मी गुरुङ, साउथ इष्ट रिजनल तमुधिं इकाइका ह्यारी गुरुङ, रन्जु घोताने, चारभन्ज्याङ तमु समाज यूकेबाट मास्टर प्रदीपजंग गुरुङ र अनमोल गुरुङलगायतलाई कम्युनिटी सर्भिस अवार्ड प्रदान गरियो ।
अन्तर्राष्ट्रियस्तरमा नाम चिनाउने समुदायका एक महिला र एक पुरुषलाई हरेक वर्ष प्रदान गरिने उद्देश्यसहित यसैवर्ष स्थापित ‘तमु प्रतिभा पुरस्कार–२०२४’ राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङ ९धादिङ० र प्यारा ग्लाइडर युकेश गुरुङ (कास्की) लाई प्रदान गर्ने घोषण गरिएको छ । पुरस्कार राशी ५० हजार रुपैयाँ छ ।
गीत सार्वजनिक
कार्यक्रममा संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङको परिकल्पना र वरिष्ठ समाजसेवी तथा शिक्षाविद् एकेन्द्र गुरुङले लेखेको रजत महोत्सव गीत पनि सार्वजनिक गरिएको थियो । उक्त गीतमा ममता गुरुङ र राज गुरुङको आवाज छ भने साजन गुरुङले संगीत दिएका छन ।
कार्यक्रममा ल्होछार तथा रजत महोत्सवका प्रमुख संयोजक उपाध्यक्ष कमल गुरुङले धन्यवाद दिए ।
कलाकारहरुको बेजोड प्रस्तुती
अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा झण्डै १ हजार ५ सय सहभागी उक्त कार्यक्रममा दोश्रो चरणमा नेपालबाट आएका कलाकारहरू राजबहादुर गुरुङ, आश्रम गुरुङ, सज्जा चौलागाईं र तृष्णा गुरुङले सांगीतिक प्रस्तुति दिए भने स्थानीय कलाकार र नेपालबाट आएकी रुबिना अधिकारीले नृत्य देखाए ।
कल्चरल सेक्रेटरी साधुराम गुरुङको संयोजकत्वमा भएको सांगीतिक कार्यक्रम विभा गुरुङ, सूर्य गुरुङ, योगेश गुरुङ र हेलिसा गुरुङले सञ्चालन गरेका थिए ।
कार्यक्रम सफल बनाउन विभिन्न समिति गठन गरिएको थियो जसमा दिलरास गुरुङ स्पोन्सर संयोजक, कल सेन्टर र भाङ्ग्रा संयोजकमा संस्थाका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, मिडिया संयोजकमा एसके कुमार गुरुङ, गेस्ट संयोजकमा उपाध्यक्ष पर्शुराम गुरुङ, स्टेज तथा हल डेकोरेसनको प्रमुख संयोजकमा तमुधिं लन्डन इकाई र संयोजकमा लेरि कुसन गुरुङ थिए ।
यसैगरी, यातायाततर्फ संस्थाका सल्लाहकार शन्तकुमार गुरुङ, टिकट तथा राफल संयोजकमा कोषाध्यक्ष दिलमाया गुरुङ, कल्चरल संयोजकमा सांस्कृतिक सचिव साधुराम गुरुङ, साउन्ड–म्यूजिक संयोजकमा सल्लाहकार सपन राई, खाना तथा पेय पदार्थ संयोजकमा तमुधिं यूकेका ट्रष्टी सूर्य गुरुङ, सुरक्षा संयोजक सल्लाहकार ले. मुक्तिजङ गुरुङ थिए ।
सहजीकरण तथा एप्रिसिएसन समिति संयोजकमा संस्थाका सल्लाहकार ले. चन्द्रबहादुर गुरुङ, राफल संयोजकमा सन्ध्या गुरुङ र टिम, प्राथमिक उपचारमा लन्डन इकाई अध्यक्षसहितको टिम तथा कार पार्किङमा पनि लन्डन इकाइले नै संयोजनको भूमिका निभाएका थिए ।