२४ असार २०८२, मंगलवार
Follow Us

प्रवासी नेपाली मंच यूकेले स्थापना दिवस मनाउने

नेपालब्रिटेन डट कम्
१६ पुष २०८१, मंगलवार २०:१९

लण्डन । प्रवासी नेपाली मंच यूकेले आफ्नो २० औं स्थापना दिवस मनाउने तयारी गरेको छ।

मंचका अध्यक्ष तुंग भुसालका अनुसार, आगामी ५ जनवरी, आइतवार, लन्डनमा एक भव्य समारोह आयोजना गरेर स्थापना दिवस मनाइने भएको हो।

“सवल प्रवासी: समृद्ध नेपाल, सुखी नेपाली” मुल नारासहित मनाइने २० औं वार्षिकोत्सव कार्यक्रममा संस्थापक अध्यक्ष आंग काल्जंग लामालाई विशेष सम्मान र स्मरण गरिनेछ। प्रवासी नेपाली मंचले परोपकार, नेपाली समुदायको अधिकार र लोकतन्त्रको पक्षमा अडिग रहेर काम गर्दै आएको छ।

कार्यक्रममा बेलायतस्थित नेपाली समुदायका अगुवाहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी कार्यक्रम संयोजक कृष्ण भण्डारीले दिए।

धेरै पढिएको