२९ पुष २०८१, सोमबार
Follow Us

ऋषिकेश पत्नी अञ्जलालाई धरौटीमा छाड्न अदालतको आदेश

नेपालब्रिटेन संवाददाता
२४ पुष २०८१, बुधबार १२:१०

काठमाडौं । जिल्ला अदालत मोरङल मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकीे संघीय सांसद अन्तर्गतको सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेपछि फरार रहेकी अञ्जला बुधबार अदालतमा उपस्थित भएकी थिइन ।

जिल्ला अदालतका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलासमा बयानपछि थुनछेक बहस भएको हो । अदालतले उनलाई १० लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

सो प्रकरणमा धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो भने रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास मुद्दालाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुरमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएकोमा २३ जना अझै फरार छन् ।