२९ पुष २०८१, सोमबार
Follow Us

यस्तो छ शेखर कोइरालाको वेलायत भ्रमण तालिका

नेपालब्रिटेन डट कम्
२४ पुष २०८१, बुधबार २३:२१

लण्डन। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बिहीबार (भोलि) साँझ लण्डन आइपुग्ने भएका छन्।

बेलायतस्थित नेपाली जनसम्पर्क समितिका पूर्व महामन्त्री तथा विकास विज्ञ राजकुमार त्रिपाठीका अनुसार, कोइरालाले १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने छन्।

उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ।

नेता कोइराला बेलायतको एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा बेलायत आउन लागेका हुन्।

उनले नेपाली दूतावास लण्डनमा आयोजित एक कार्यक्रममा वेलायतस्थित नेपाली समुदायका अगुवाहरुलाई समेत सम्बोधन गर्ने छन्।

कोइरालाको साताव्यापी बेलायत भ्रमण तालिका यसप्रकार छ:

०९ जनवरी साँझ २२:०० बजे – आगमन, हित्रो विमानस्थल
१० जनवरी दिउँसो १३:०० बजे – स्वागत, नेपाली दूतावास लण्डन
१० जनवरी साँझ १९:३० बजे – गोल्डेनशिप, नागरिक अभिनन्दन
११ जनवरी दिउँसो १२:१५ बजे – नरवीज, अन्तरक्रिया कार्यक्रम
११ जनवरी दिउँसो १३:०० बजे – फेल्थाम, जनसम्पर्क समिति, स्वागत
१२ जनवरी दिउँसो १३:०० बजे – प्लमस्टेड, जनसम्पर्क समिति
१२ जनवरी दिउँसो १७:०० बजे – प्रोफेशनल एसोसियशन यूके, सम्मान
१३ जनवरी १५:०० बजे – अलपार्टी पार्लियामेन्टरी समूह बैठक, संसद भवन
१३ जनवरी १८:०० बजे – मुख्य कार्यक्रम, संसद भवन
१४ जनवरी – बेलायती सभामुखसँग भेट, संसद भवन
१४ जनवरी १९:०० साँझ – मन्त्रीस्तरीय डिनर, लण्डन
१५ जनवरी – शार्ड टावर अवलोकन (प्राइभेट)
१६ जनवरी विहान ९:०० बजे – प्रस्थान, हित्रो टर्मिनल ४
यस भ्रमणको दौरान कोइरालाले बेलायतका प्रमुख राजनीतिक नेतृत्व र नेपाली समुदायसँग अन्तरक्रिया गर्ने छन्।