३ फाल्गुन २०८१, शनिबार
Follow Us

सानफ्रान्सिस्को शहरमा कन्सुलेट कार्यालय स्थापना हुने

नेपालब्रिटेन संवाददाता
२ माघ २०८१, बुधबार २०:२६

लण्डन । क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरमा कन्सुलेट कार्यालय स्थापना गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।

यसअघि अमेरिकास्थित माधन मरासैनी लगायतले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्र लेख्दै सो कार्यालयको स्थापना गर्न माग गरेका थिए ।

नेपाल सरकारले क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरमा कन्सुलेट कार्यालय स्थापना गर्ने मन्त्रीपरिषद्ले निर्णय लिएकोमा अमेरिका स्थित नेपाली समुदायले सरकारलाई धन्यवाद दिएका छन् ।

निर्णय नेपालको विदेश सम्बन्धलाई मजबूत बनाउने तथा नेपाली नागरिकहरुको हितमा काम गर्ने एक महत्वपूर्ण कदम हो। हामी विश्वास गर्दछौं । कि यो कार्यालय नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ।

यसैबीच यहि जनवरी २२ – २६ मा हुने राहदानी घुम्ती शिविरमा आउने कुटनीतिक कर्मचारीलाई कन्सुलेट कार्यालय राख्ने स्थल अध्यन गर्न गरिएको छ ।