३ फाल्गुन २०८१, शनिबार
Follow Us

कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किए, दुईको मृत्यु

नेपालब्रिटेन संवाददाता
३ माघ २०८१, बिहीबार ०४:१२

काठमाडौं । कपिलवस्तुमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । यूपी ५५ एएच ७०९० नम्बरको भारतीय मोटरसाइकल र लु१०प ४४९६ नम्बरको मोटरसाइकल गएराति बाणगंगा नगरपालिका–११ मा आपसमा ठोक्किएर दुर्घटना भएका हुन् ।

मृत्यु हुनेमा भारतीय नम्बरको मोटरसाइकल चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र अर्का मोटरसाइकल चालक सैनामैना–४ का २७ वर्षीय रोमन थारु रहेको प्रहरीले जनाएको छ ।

कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी मोहनामणि अधिकारीले दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।