३२ असार २०८२, बुधबार
Follow Us

कांग्रेसद्वारा दिलेन्द्र बडूको संयोजकत्वमा अनुशासन समिति गठन

नेपालब्रिटेन संवाददाता
३ माघ २०८१, बिहीबार १०:०९

काठमाडौं । काँग्रेसले संसदीय दल अनुशासन समिति गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बिहीबार बसेको काँग्रेस संसदीय दल केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दल अनुशासन समिति बनाउने निर्णय गरेको हो ।

बैठकले समितिको संयोजकमा सांसद दिलेन्द्रप्रसाद बडूलाई तोकेको छ । समितिमा रहने अरु सदस्यहरू अर्को बैठकले तोक्ने छ ।

बैठकले पार्टीको तर्फबाट सार्वजनिक लेखा समितिको संयोजकमा सञ्जय गौतम, अर्थ समिति संयोजकमा डा प्रकाशशरण महत, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको संयोजकमा चन्दा चौधरीलाई तोक्ने निर्णय भएको पनि प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

उनका अनुसार बैठकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यवहारको घटनाको भर्त्सना गर्नुका साथै दोषीमाथि कारबाहीको माग गरेको छ । संसदीय समितिमा रहेका विधेयकहरुलाई तत्काल पास गर्न सहजीकरण गर्ने र नयाँ विधेयक ल्याउन सरकारलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।

धेरै पढिएको