लण्डन । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र बेलायतका पूर्वविदेशमन्त्री जेम्स क्लेभर्लीबीच भेटवार्ता भएको छ ।
बेलायतको भ्रमणमा रहनुभएका डा कोइरालाले बिहीबार बिहान बेलायतको संसद् भवन (हाउस अफ कमन्स) मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व विदेशमन्त्री क्लेभर्लीसँग भेटवार्ता गर्नुभएको डा कोइरालाको निजी सचिव दिनेश थपलियाले जानकारी दिनुभयो ।
कोइराला र क्लेभर्लीबीच भएको भेटमा नेपाल–बेलायतसम्बन्ध, आपसी सहयोग जस्ता विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा डा कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गर्नुभएको छ ।