३ फाल्गुन २०८१, शनिबार
Follow Us

पोल्याण्ड र बुल्गेरियामा मानव ओसारपसरा बढ्दो : नेपाली दूतावास, जर्मनी

नेपालब्रिटेन संवाददाता
५ माघ २०८१, शनिबार ०५:३३

बर्लिन । नेपाली राजदूतावास, बर्लिनले युरोपका विभिन्न मुलुकहरूमा आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपालीहरूलाई ठगी गर्ने घटनाहरू बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै, सजग रहन अपिल गरेको छ।

दूतावासले शुक्रबार एक सूचना जारी गर्दै हालैका दिनमा रोमानिया, क्रोएशिया, माल्टा लगायतका मुलुकहरूमा वैदेशिक रोजगारीको सिलसिलामा कार्यरत नेपाली नागरिकहरूलाई विभिन्न प्रलोभन देखाएर पोल्याण्ड र बुल्गेरियामा गैरकानूनी रूपमा ओसारपसार गर्ने गतिविधि भइरहेको सूचना प्राप्त भएको जनाएको छ।
सामाजिक सञ्जालहरू, विशेष गरी टिकटक र फेसबुकमार्फत, भ्रामक प्रचार गरिएको जानकारी पनि प्राप्त भएको जनाएको छ।

विज्ञप्तिमा नेपालबाट विधिवत रूपमा श्रम स्वीकृति प्राप्त गरेका नागरिकहरूले सोही मुलुकमा मात्र कार्यरत रहन आग्रह गर्दै, यस्ता भ्रामक प्रचार र प्रलोभनमा नपर्न दूतावासले अपिल गरेको छ।