२४ असार २०८२, मंगलवार
Follow Us

स्पेनका राजदुत नेपालद्वारा पदभार ग्रहण

नेपालब्रिटेन डट कम्
८ माघ २०८१, मंगलवार १०:४८

म्याड्रिड। स्पेनका लागि नेपालका आवासीय राजदूत शनिल नेपालले पदभार ग्रहण गरेका छन् । स्पेनको म्याड्रिडस्थित नेपाली राजदूतावासमा पदभार ग्रहण गरेका हुन्।

राजदूत नेपाल माल्टाका लागि गैरआवासीय राजदूत हुन्। उनले स्पेनमा नेपाली राजदूतका रुपमा रहँदा नेपाल र नेपालीको हितमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे। स्पेनबाट नेपालको अर्थतन्त्र, पर्यटन, संस्कृति, रोजगारी, शिक्षा लगायतका क्षेत्रमा लाभ पुर्याउने उपायहरू खोज्ने बताए।

नेपाललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते राजदूतमा नियुक्त गरेका थिए। सरकारले उनलाई गत साउन १६ गते स्पेनका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो गत भदौ २७ गते संसदीय सुनवाइ भई संसदीय समितिबाट सलिनको नाम अनुमोदन भएको थियो।

यसअघि उनलाई वि.सं २०८० माघ २६ गते राष्ट्रपति पौडेलले पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गरेको भए पनि सरकार परिवर्तनसँगै उनी पोर्चुगल जान पाएका थिएनन्। कूटनीति, राजनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञका रूपमा योगदान गर्नु भएका राजदूत नेपालले यसअघि दर्जनौँ अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरूका विभिन्न भूमिकामा रहेर काम गरेका थिए।

सलिनलाई सरकारले अर्को युरोपेली मुलुक माल्टाको समेत जिम्मेवारी तोकेको छ। माल्टामा नेपाली दूतावास नरहेकाले उनलाई नै जिम्मेवारी तोकिएको हो। उनले माल्टामा रहेका नेपाली र माल्टा सरकारसँग उत्तिकै उच्च प्राथमिकताका साथ सहजिकरणको जिम्मेवारी निर्वाह गर्ने बताए।

नेपाल सरकारले माल्टाको समेत जिम्मेवारी तोकेर राजदूत नेपाललाई पठाएकोमा माल्टामा रहेका नेपालीहरूले खुसी व्यक्त गरेका छन्।

धेरै पढिएको