२५ असार २०८२, बुधबार
Follow Us

प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट

नेपालब्रिटेन डट कम्
८ माघ २०८१, मंगलवार ११:१०

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले मंगलबार शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो।

सो अवसरमा बेलायती राजपरिवारका सदस्य डुक अफ इडिनबर्गको आशन्न नेपाल भ्रमणका विषयमा पनि छलफल भएको थियो।

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिरीको सहभागिता थियो।

धेरै पढिएको