८ भाद्र २०८२, आईतवार
Follow Us

महाराष्ट्रमा रेल दुर्घटना, नेपालीहरुको मृत्यु भएको आशंका (भिडियो)

नेपालब्रिटेन संवाददाता
९ माघ २०८१, बुधबार १६:१४

मुम्बई । महाराष्ट्रको जलगाउँमा एक ट्रेनमा आगो लागेको अफवाह फैलिएको कारण यात्रुरुहरूमा आतंक मच्चिएपछि १२ जनाको मृत्यु भएको छ।

यस घटनामा केही यात्रुहरुले ट्रेनबाट उफ्रिएर अर्को ट्रेनसँग ठोक्किएको प्रहरीले जानकारी दिएको छ। जलगाउँका प्रहरी सुपरिन्टेन्डेन्ट महेश्वर रेड्डीले यो मृतक संख्या १२ जना रहेको पुष्टि गरेका छन् ।

यो दुर्घटना महेजी र पर्दाडे स्टेसनहरूको बीचमा, मुम्बईबाट ४०० किमि टाढा रहेको पचोरा नजिक भएको हो ।

जहाँ लखनौ मुम्बई पुष्पक एक्सप्रेस, जो लकनउ र मुम्बई बीच चल्ने दैनिक सुपरफास्ट एक्सप्रेस ट्रेन हो, ५ बजे आएको आगोको अफवाहपछि कुनै यात्रीले चेन तानेपछि रेल रोकिएको थियो ।

पुष्पक एक्सप्रेसका केही यात्रुहरू ट्रेनबाट ओर्लिए र उनीहरूलाई दिल्ली जाँदै गरेको कर्नाटका एक्सप्रेसले ठोकेको बताइएको छ ।

उनीहरूले चेन ताने र केही यात्रुहरूले ट्रयाकमा हाम फाले। यसै समयमा, कर्नाटका एक्सप्रेसले छेउको ट्रयाकबाट यात्रा गरिरहेको थियो, एक वरिष्ठ रेलवे अधिकारीले समाचार एजेन्सी पीटीआईलाई बताए।
यसैबीच स्थानीय पत्रकार ललिता मालती सिंहले आफ्नो फेसबुक टाइमलाइन मार्फत पुष्पक एक्सप्रेसमा नेपाली यात्रीहरुको रहेको बताउँदै ६० जना नेपाली दुर्घटनामा परेको दावी गरेकी छन् ।

धेरै पढिएको