३ चैत्र २०८१, सोमबार
Follow Us

तमुधी र सहारा युके १३ फेब्रुअरीमा पर्यटकीय गाउँ ल्वाङ जाने

नेपालब्रिटेन डट कम्
१२ माघ २०८१, शनिबार २०:३१

ल्वाङ होमस्टेको निमन्त्रणमा तमुधी यूके र सहारा यूके १३ फेब्रुअरीमा पर्यटकीय गाउँ ल्वाङ जाने निश्चित भइसकेको छ।

ल्वाङमा पुगेर ल्वाङ गाउँबाट नजिकै देखिने माछापुछ्रे, अन्नपूर्ण हिमाल नियाल्दै अन्नपूर्ण चिया बारी, बुद्ध पार्क, क्षेताक्यु बराह मन्दिर, गुफा, श्री बाराही आधारभूत निम्न माध्यमिक विद्यालय आदि भ्रमण गर्ने छन्। १४ फेब्रुअरी बिहान ९ बजे सहारा यूके द्वारा सहयोग गरिएको LWANG VILLAGE बोर्डको उद्घाटन गर्ने छ। यस भ्रमणको नेतृत्व तमुधी यूकेका मिडिया सचिव एस. के. गुरुङले गर्ने छन्।

तमुधी यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा ३१ जनवरीमा नेपाल प्रस्थान गर्ने तयारी भइरहेको छ। टोलीले नेपालका विभिन्न पर्यटकीय स्थलहरू भ्रमण गर्ने साथै विभिन्न संस्थाका पदाधिकारी, बुद्धिजीवी र इस्टमित्रसँग भेटघाट गर्नेछ।

प्रारम्भिक जानकारी अनुसार, ३१ जनवरीमा नेपाल प्रस्थान गर्ने, १ फेब्रुअरीमा काठमाडौंमा डा. जगमान गुरुङसँग भेटघाट गर्नेछन्। २ फेब्रुअरी बिहान पोखरा प्रस्थान गर्ने र ३ फेब्रुअरीमा बौद्ध अर्घौं सदन र बगर भाइ खलक फुटबल फाइनलमा सहभागी हुनेछन्।

४ फेब्रुअरीमा आहा रारा पोखरा गोल्डकपको उद्घाटन समारोहमा सहभागी हुने र ताङ्ले समाजका पदाधिकारीसँग भेटघाट गर्ने छन्। ५ फेब्रुअरीमा सिक्लेस जाने, ६ फेब्रुअरीमा चित्रे, ८ फेब्रुअरीमा राम्जा आर्थर, ९ फेब्रुअरीमा खाल्ट र १० फेब्रुअरीमा पर्वतमा आँखा शिविर प्रारम्भ गर्नेछन् र पुनः पोखरा फर्किनेछन्।

यस्तै ११ फेब्रुअरीमा तमु सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यक्रमको सहभागी हुने, १२ फेब्रुअरीमा नौलो घुम्ती, सहारा एकेडेमी र तमुधी यूकेलाई सम्मानका लागि आयोजना गरिएको सम्मान कार्यक्रममा सहभागी हुनेछन्। सोही दिन तमुधी यूकेका आमा समूह भने स्याङ्जातर्फ जानेछन्।

अन्तिम रूपमा, १५ फेब्रुअरीमा पोखरा फर्केर तमुधी नेपालसँग भेटघाट गर्नेछन्। १५ फेब्रुअरीमा पोखरा म्याराथन, च्यार भन्ज्याङ तमु समाज च्यारिटी डिनर र आहा रारा पोखरा गोल्डकप फाइनलमा सहभागी हुनेछन्। १६ फेब्रुअरीमा गल्याङ जाने, १७ फेब्रुअरीमा लमजुङ भ्रमण गर्ने र १९ फेब्रुअरीमा काठमाडौं पुग्नेछन्। एक रात काठमाडौंमा बसाइपछि २१ फेब्रुअरीमा बेलायत फर्किने तालिका रहेको एस. के. गुरुङले जानकारी दिनु भएको छ।

अध्यक्ष जुमकाजी गुरुङले यो भ्रमण नेपालको पर्यटन प्रवर्द्धनका लागि हुने बताएका छन्।