१० भाद्र २०८२, मंगलवार
Follow Us

एमाले र सरकारको विरोध भइरहेको छ, तर हामीलाई केही फरक पर्दैनः अर्थमन्त्री

नेपालब्रिटेन संवाददाता
१५ माघ २०८१, मंगलवार ०५:२४

काठमाडौं । एमाले उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारमाथि चौतर्फी हमला र आरोप लगाइएको बताएका छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा पौडेलले विरोधले सरकारलाई केही फरक नपर्ने बताए । शक्तिशाली पार्टीहरु मिलेर बनेको केपी ओली नेतृत्वको सरकार शत्तिशाली भएकाले विरोधको कुनै अर्थ नरहेको उनको भनाइ थियो ।

‘सरकारको विरोध गरेर केही फरक पदैन । फर्जी र आधारहीन आरोपहरु लगाउँदैमा केही फरक पर्दैन । यो शक्तिशाली सरकार हो । शक्तिशाली पार्टीहरु मिलेर बनेको सरकार हो । फेरि पनि भन्छु, विरोध गरेर केही फरक पर्दैन । एमाले र प्रधानमन्त्री केपी ओलीमाथि प्रहार गरेर यो सहकार्य भत्काउन सकिन्छ कि भन्ने चाहनासहित यो प्रहारहरु भइरहेको छ । के फरक पर्छ र ?’ पौडेलले भने, ‘एमाले नेतृत्वको सरकारले अस्थिरताका पक्षधरहरुका लागि काँग्रेस–एमाले सत्ता सहयात्रा र समीकरणले देशलाई ठीक दिशामा लाने भयो, अस्थिरताको चक्रब्युहबाट बचाउने भयो र आर्थिक रुपमा पनि विकास हुने भयो भन्ने चिन्ताले प्रहार भइरहेको छ ।’

फरक प्रसंगमा उनले आफूलाई प्रधानमन्त्री ओलीले नरुचाएको र मन्त्रीबाट हटाउन लागेको भन्दै ‘मिडिया ट्रायल’ भएको आरोप उनले लगाए । ‘तर त्यो आधारहीन थियो भन्ने घटनाक्रमहरुले पुष्टि गरेको छ’, पौडेलले भने ।

धेरै पढिएको