२८ असार २०८२, शनिबार
Follow Us

बदलियो नेपाली कांग्रेस (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१६ माघ २०८१, बुधबार ०६:००

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपीन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायली सरकारसँग आग्रह गरेका छन्। नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् सभापति देउवाले इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी जोशीको रिहाइका लागि आग्रह गरेका हुन्।

नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले जोशीको रिहाइका लागि आग्रह गरेका हुन्।

देउवाले भने,’दुई देशबीच शान्तिवार्ता भइसकेको अवस्थामा विपीनको रिहाइका लागि हामीलाई सहयोग गरिदिनुहोस् ।’ उक्त कार्यक्रममा राजदूत बास पनि उपस्थित थिए ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गरिसकेको छ। सन् २०२३ को अक्टोबरमा इजरायलमाथि हमासको आक्रमणमा परी १० नेपालीसहित एक हजार बढी व्यक्तिको हत्या गरिएको थियो।

त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरेकोमा जोशी पनि छन्। विपीनको रिहाइका लागि नेपाल सरकारले आफ्नो कूटनीतिक प्रयास जारी राखेको छ।

धेरै पढिएको