२४ असार २०८२, मंगलवार
Follow Us

एनआरएनएले बोलायो राष्ट्रिय समितिको बैठक

नेपालब्रिटेन डट कम्
१६ माघ २०८१, बुधबार २०:५६

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना ८७ देशमा छरिएका राष्ट्रिय समितिहरूको बैठक बोलाएको छ।

गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार, गैरआवासीय नेपाली संघको वर्तमान अवस्थाबारे राष्ट्रिय समितिका सुझाव संकलन गर्न सो बैठक आव्हान गरिएको हो। बैठकमा गैरआवासीय नेपाली संघको यूरोप बैठक र कम्बोडियामा हुने एशिया क्षेत्रीय बैठक र सदस्यता वितरण सम्बन्धी छलफल हुने बताइएको छ।

संघले मध्यपूर्व र अफ्रीकामा रहेका राष्ट्रिय समितिको बैठक जनवरी ३१ तारिख, एशिया र ओशिनिया क्षेत्रका राष्ट्रिय समितिको बैठक फेब्रुअरी २ तारिख र यूरोप र अमेरिका क्षेत्रका राष्ट्रिय समितिको बैठक फेब्रुअरी २ तारिख नै तय गरेको छ।

धेरै पढिएको