१ श्रावण २०८२, बिहीबार
Follow Us

लण्डन परेडमा सहभागीलाई ग्रीनवीच रोयल बरोद्धारा सम्मान (भिडियो सहित)

नेपालब्रिटेन डट कम्
१९ माघ २०८१, शनिबार २१:१८

लन्डन । अंग्रेजी नयाँ वर्षको दिन सम्पन्न ‘लन्डन न्यू इयर डे परेड’ मा सहभागी नेपाली समुदायतका अगुवाहरुलाई ग्रीनवीच रोयल बरोले सम्मान गरेको छ ।

सो परेडमा नेपालीहरुले प्रस्तुत गरेको झाँकीले तेस्रो स्थान हासिल गरेको थियो । परेडमा सहभागीहरुलाई शुक्रबार साँझ वुल्लीच टाउन हलमा विशेष कार्यक्रमको आयोजना गरि प्रमाणपत्र र मेडलले सम्मान गरिएको हो।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे र ग्रीनवीच रोयल बरोका मेयर काउन्सिलर जीत रानाभाटले सम्मान गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै राजदूत घिमिरेले लन्डन परेडको अन्तरराष्ट्रिय मञ्चमा मौलिक नेपाली कला र संस्कृतिका प्रस्तुतिसहित नेपाली झण्डा फहराउने कार्य प्रशंसालायक रहेको बताए ।
घिमिरेले भने, ‘नेपालसंग ऐतिहासिक सम्बन्ध रहेको यो मुलुकमा आएर तपाईंहरुले छोटो समयमा हासिल गरेको उपलब्धि निकै महत्वपूर्ण छ । यो अहिलेलाई मात्र नभएर भावी पुस्ताका लागि समेत ठूलो प्रेरणा हुनेछ भन्ने मेरो विश्वास छ।’

ग्रीनवीच बरोका काउन्सिल लिडर एन्थोनी ओकेरेकेले स्थानीय समुदायका लागि नेपालीहरुले पुर्याउँदै आएको योगदानप्रति आफूहरुलाई ठूलो गौरव रहेको सुनाए ।

कार्यक्रममा लन्डन दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले बेलायतमा नेपाली संस्कृति र पहिचानलाई स्थापित गराउन मेयर रानाभाटको अगुवाइमा स्थानीय नेपाली समुदायले गरेको प्रयासको उनले सराहना गरे ।

ग्रीनवीच रोयल बरो मेयर जीत रानाभाटले नेपाली संस्कृतिभित्रको विविधता र मौलिकतालाई ‘लन्डन न्यू इयर डे परेड’ मार्फत अन्तरराष्ट्रिय मञ्चमा प्रदर्शन गर्ने कोशिश गरिएको बताए।

परेडलाई सफल पार्न मेयरेस गौमाया गुरुङ, श्रीचन्द्र गुरुङ, राजन खकुराल, ह्यारी गुरुङ, विनोद ज्ञवालीसहितका अभियन्तहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

@nepalbritainn Welcoming His Excellency Mr Chandra Kumar Ghimire Ambassador of Nepal for United Kingdom of Great Britain 🇬🇧 #nepalbritain ♬ original sound – nepalbritain.com







धेरै पढिएको