१ श्रावण २०८२, बिहीबार
Follow Us

सहकारी ठगी कसुरमा एमाले नेता थापालाई ३ दिन थुनामा राख्न आदेश

नेपालब्रिटेन संवाददाता
२० माघ २०८१, आईतवार १३:११

काठमाडौं । सहकारीको बचत अपचलन कसुरमा पक्राउ परेका एमाले नेता एवं जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले थापालाई म्याद थपका लागि म्याग्दी जिल्ला अदालतमा पेश गरेको थियो ।

प्रहरीले उनलाई आइतबर पक्राउ गरेको थियो । अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ । थापामाथि कुमारी सहकारी संस्थाको डेढ अर्बभन्दा धेरै रकम अपचलन गरेको आरोप बचतकर्ताको छ ।

धेरै पढिएको