१३ चैत्र २०८१, बिहीबार
Follow Us

अध्यादेश निर्णायार्थ पेश गर्नु अघि प्रचण्डले संसदमा सम्बोधन गर्ने

नेपालब्रिटेन संवाददाता
२४ माघ २०८१, बिहीबार ०५:२६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन् ।

संसदको हिउँदे अधिवेशनको सुरूका दिनमा शिर्ष नेताले सम्बोधन गरे पनि प्रचण्डले भने गरेका थिएनन तर आजको बैठकमा भने प्रचण्डले सम्बोधन गर्ने  माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । सरकारले हालै जारी गरेका ६ वटा अध्यादेशका निर्णायार्थ प्रस्तुत गर्नु अघि अध्यक्ष प्रचण्डले सम्बोधन गर्न लागेका हुन् ।

आजको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने सम्भावना देखिएको छ ।