३२ असार २०८२, बुधबार
Follow Us

चितवनमा मिनीट्रक दुर्घटना हुँदा १९ वटा खसी बोका मरे

नेपालब्रिटेन संवाददाता
२७ माघ २०८१, आईतवार ०५:३९

चितवन । चितवनमा खसी बोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दिया बाट काठमाडौं तर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा नै आज (आइतबार) बिहान पल्टिएको थियो ।

दुर्घटनामा खसी बोका गरी १९ वटा मरेको उनले जानकारी दिए ।

धेरै पढिएको