३१ असार २०८२, मंगलवार
Follow Us

अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर गठन

नेपालब्रिटेन संवाददाता
६ फाल्गुन २०८१, मंगलवार ०४:३१

काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टरको गठन गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रीय उपाध्यक्षहरु र बोर्ड अफ डाइरेक्टरहरुको विशेष उपस्थितिमा आयोजित भेलाले नेपाल च्याप्टरको गठन गरेको हो ।

भेलामा बोल्दै केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले पत्रकारितालाई राजनीति भन्दा बाहिर राख्दै स्वतन्त्र पत्रकारहरुको नेटवर्कको रुपमा काम गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन गरिएको जानकारी गराउनु भयो ।

अमेरिकामा गठन भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघको पहिलो च्याप्टरको रुपमा नेपाल च्याप्टर गठन गरिएको अध्यक्ष खनालले बताउनु भयो ।

भेलाले कृष्णा पौडेलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिको गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा रुपा घिमिरे, वैकुण्ठ भण्डारी र शिव दाहाल रहेका छन् भने सचिव सोविता रिसाल र कोषाध्यक्ष पवन पौडेल रहनु भएको छ ।

त्यस्तै बोर्ड अफ डाइरेक्टरमा शोभा अर्याल, आलोक तिवारी, राज ढुंगाना, विनोद घिमिरे, सन्तोष मिश्र, गोमा परियार, लक्ष्मी दाहाल, शिरोमणि दवाडी, विमल योगी, विमल योगी, हुमनाथ पौडेल, टंककला तिमिल्सिना, राजीव भट्टराई र यूवगाह मगर रहनु भएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय पत्रकार महासंघ, नेपाल च्याप्टरको सल्लाहकारमा टंक पन्त, जीवनराम भण्डारी, केदार कोइराला, अखण्ड भण्डारी, कमला विश्वकर्मा, युवराज विद्रोही, डा. राजेश अहिराज रहनु भएको छ भने कानुनी सल्लाहकारमा गणेश घिमिरे ‘सुजन’ रहनु भएको छ।

धेरै पढिएको