२८ असार २०८२, शनिबार
Follow Us

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०८१, बिहीबार ०१:१९

काठमाडौँ । जय नेपाल फाउन्डेसन अन्तर्गतको ग्लोबल युथ नेटवर्कले बाजुरा बुढिगंगा नगरपालिकाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

पहिलो चरणमा बाजुरा बुढिगंगा नगरपालिका वडा नम्बर ४ स्थित राजेन्द्र आधारभूत विद्यालयका १०० र दोस्रो चरणमा बाजुरा बुढिगंगा नगरपालिका वडा नम्बर ७ स्थित श्री शारदा म.वि.का ८० जना विपन्न जेहेन्दार विद्यार्थी भाइबहिनीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

शैक्षिक सामग्री वितरण कार्यक्रम ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेल र केन्द्रीय सदस्य रिता शाहीको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथिहरूमा युवा नेता सुमन केसी, बुढिगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मीन बहादुर शाह, र बुढिगंगा नगरपालिका वडा नम्बर ४ का सभापति गोरख खत्री रहेका थिए।

मानवअधिकार, वाक स्वतन्त्रता र प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफ्ना समुदाय र नेपालको विकासमा योगदान पुर्याउने उद्देश्यले यस संस्थाको स्थापना गरिएको हो। संस्थाको अन्तर्राष्ट्रिय अध्यक्ष डा. यादव पण्डित रहेका छन् भने नेपालको अध्यक्ष बद्री अर्याल हुन्। नेपालमा सिंहदरबारको पूर्वी गेट नजिकै संस्थाको सम्पर्क कार्यालय रहेको छ।

धेरै पढिएको