४ श्रावण २०८२, आईतवार
Follow Us

फेरि राजा बन्ने चाहना त्यागेर निर्वाचनमार्फत नेता बन्न पूर्वराजालाई बामदेवको सुझाब

नेपालब्रिटेन संवाददाता
११ फाल्गुन २०८१, आईतवार १३:०८

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीतिक गरी प्रधानमन्त्री बन्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै गौतमले यस्तो बताएका हुन् । गौतमले राजनीतिक पार्टीका नेताहरुले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाउ भन्नु उचित नहुने बताए । उनले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराइ २०८४ मा हुने निर्वाचनमा भाग लिन पूर्व राजालाई सुझाव दिए ।

उनले पूर्व राजालाई निर्वाचित भइ संसदबाट प्रधानमन्त्री बनेर नेपालको चौतर्फी विकास र समृद्धि कायम गर्न आग्रह गरे । गौतमले राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति भएको र राजा वीरेन्द्रको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरु भएको आरोप लगाए ।

धेरै पढिएको