२८ असार २०८२, शनिबार
Follow Us

बेलायतमा सम्झिए स्वर्गीय सुशील कोइराला (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०८१, आईतवार २२:४८

नेपाली कांग्रेस पार्टीका पूर्व सभापति र नेपाल सरकारका पूर्व प्रधानमन्त्री, सादगीपूर्ण नेता स्वर्गीय सुशील कोइरालाको १०औं स्मृति दिवस र प्रजातन्त्र दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कांग्रेस समर्थक नेता तथा कार्यकर्ताहरुको सक्रियतामा गत आइतबार लन्डनस्थित लिटल काठमाडौं, २४ क्याल्डरवुड स्ट्रिटमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले स्वर्गीय कोइरालाको योगदानको स्मरण गरे।

कार्यक्रममा नेपाली कांग्रेसको संगठनको महत्त्व र यसले नेपाली समुदायमा पुर्याउने योगदानका बारेमा पनि चर्चा गरिएको थियो।

समारोहमा नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरू, राजनीतिक नेतृत्व, समाजसेवीहरू र लोकतन्त्रप्रेमीहरूको उल्लेखनीय उपस्थिति देखिन्थ्यो।

कार्यक्रममा स्व. कोइरालाको जीवन, लोकतन्त्र र शान्तिका लागि उनको संघर्ष, र नेपालको संविधान २०७२ मा उनको अतुलनीय योगदानलाई विशेष रूपमा चर्चा गरिएको थियो। सहभागीहरूले स्व. कोइरालाको जीवनका प्रेरणादायक घटनाहरू सम्झँदै उनका सादगी, ईमानदारी र त्यागलाई सम्मानका साथ सम्झे।

स्व. कोइरालाको सादगी र ईमानदारीमा आधारित राजनीतिक दर्शनलाई उजागर गर्दै उनलाई “शान्तिदूत” को रूपमा सम्झना गरिएको थियो। कार्यक्रममा युकेमा बसोबास गर्ने नेपालीहरूले लोकतन्त्र र राष्ट्रनिर्माणको महत्त्वमा जोड दिँदै एकताको सन्देशलाई अघि बढाए।

धेरै पढिएको