लण्डन। कतारमा सवारी दुर्घटनाबाट असामयिक निधन भएका राष्ट्रिय समन्वय परिषद कतारका सहकोषाध्यक्ष र अभियन्ता झविन्द्र आचार्यको पार्थिव शरीर गुल्मी पुर्याइएको छ।
गैरआवासीय नेपाली संघ कतार र गैरआवासीय नेपाली संघको सचिवालयको संयुक्त सहयोगमा उनको शव मंगलबार गुल्मी स्थित उनका घरसम्म पुर्याइ, निजको परिवारलाई जिम्मा लगाइएको हो।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले आचार्यको निधनमा दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनसँग समवेदना व्यक्त गरेका छन्। उनको शव गुल्मी पठाउन गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउत सहितको टोली त्रिभुवन विमानस्थलमा पुगेको थियो।
नेपाल व्यवसायी संघ कतारका सदस्य र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सहकोषाध्यक्ष झविन्द्र आचार्य सडक दुर्घटनामा परी निधन भएका थिए।
कतारमा सफल युवा व्यवसायी रहेका आचार्यलाई आफ्नो गाडी बिग्रेर सडक छेउमा उभिरहेका बेला बंगाली नागरिकको गाडीले ठक्कर दिएको थियो।
गुल्मीको मालिका गाउँपालिका घर भएका ४० वर्षीय आचार्य स्थानीय स्तरमा पनि लोकप्रिय थिए।