१३ चैत्र २०८१, बिहीबार
Follow Us

बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र आर्सनल

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०८१, सोमबार ०६:०८

लन्डन । इङलिङ प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिएका छन् । गएराती ओल्ड टाफोर्डमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल १-१ गोलको बराबरीमा रोकिएका हुन ।

म्यानचेस्टर युनाइटेडका लागि एक गोल ब्रुनो फर्नानडेजले गरेका थिए भने आर्सनलका लागि डेक्लान राइसले गरेका थिए ।

यो बराबरीपछि आर्सनलको उपाधि दौड अझै संकटमा परेको छ । हाल लिगको दोस्रो स्थानमा रहेको आर्सनलको २८ खेलमा ५५ अंक रहेको छ र शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा १५ अंकले पछाडी रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको २८ खेलमा ३४ अंक भएको छ र लिगमा १४औं स्थानमा रहेको छ ।