१० बैशाख २०८२, बुधबार
Follow Us

कांग्रेस सांसद बजगाईंले पर्यटनमन्त्री पाण्डे बिरुद्ध पार्टीमा उजुरी दिए

नेपालब्रिटेन संवाददाता
१ चैत्र २०८१, शुक्रबार १३:२९

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पर्यटनमन्त्री बद्री प्रसाद पाण्डे बिरुद्ध पार्टीमा उजुरी दिएका छन् ।

कांग्रेसका सहमहामन्त्री समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले आफूविरुद्ध अभियान चलाएको भन्दै बजगाईंले केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका हुन् ।

बजगाईंले मन्त्री पाण्डेले नेपालको राष्ट्रिय हितलाई प्रत्यक्ष रूपमा कमजोर पार्ने निर्णय लिँदै आएको पनि आरोप लगाएका छन् । मन्त्री पाण्डेले पदको दुरुपयोग गर्दै योजनाबद्ध रूपमा आफ्नाविरुद्ध सामाजिक संजालमार्फत अभियान सञ्चालन गरेको बजगाईंको आरोप छ ।