१० बैशाख २०८२, बुधबार
Follow Us

सामाजिक सञ्जालमा छरपष्ट भएजस्तो खराब अवस्था एनआरएनएमा छैन : डा हेमराज शर्मा, उपाध्यक्ष

नेपालब्रिटेन डट कम्
३ चैत्र २०८१, आईतवार २२:२६

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा हेमराज शर्माले सामाजिक सञ्जालमा छरपष्ट रुपमा फैलाइएको नकारात्मकता जस्तो अवस्था एनआरएनएभित्र नरहेको स्पष्ट पार्नुभएको छ । शनिबारबाट थाइल्याण्डको बैंककमा सुरु दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सम्बोधन गर्दै डा शर्माले सामाजिक सञ्जाल हरेर एनआरएनएप्रति धारणा नबनाउन आग्रह गर्नुभयो ।

“सामाजिक सञ्जालको नकारात्मक प्रभावका कारण एनआरएनए र यसका क्रियाकलापमाथि गलत धारणा बनाउने काम भइरहेको छ, उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल हेरेर एनआरएनएप्रति निर्णय नगरौं, हाम्रो संगठन सशक्त र सकारात्मक दिशामा अघि बढिरहेको छ मात्रै केही सानातिना समस्या छन् जसलाई समाधान गर्ने प्रयासमा हामी छौँ, एनआरएनए सिधिहाल्यो, खराब भयो भन्ने अवस्था छैन ।”
एनआरएनएकै कारण आफू जस्ता प्राज्ञिक वर्ग पनि नेपालको समृद्धिका लागि जोडिन पाएको उल्लेख गर्नुभयो ।

“एनआरएनएले विज्ञ र विज्ञतालाई पनि नेपालसँग जोडिरहेको छ, उहाँले भन्नुभयो, “फलस्वरुप ३ पटकसम्म विश्व ज्ञान सम्मेलनको आयोजना र त्यसको संयोजकत्व म आफैँले गर्ने सौभाग्य पनि पाएँ ।”
विदेशमा रहेका युवा र दोस्रो पुस्तालाई नेपालसँग जोड्न पनि सम्मेलनले सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।