काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक लाख ७५ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन प्रतितोला एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।