टोकियो । जापानमा बस्ने नेपालीहरुको संख्या २ लाख ३३ हजार ४३ पुगेको छ। पछिल्लो तथ्यांक अनुसार, आप्रवासी समुदायमा नेपालीहरु पाँचौं स्थानमा रहेका छन्।
जापानको अध्यागमन विभागले हालै सार्वजनिक गरेको २०२३ डिसेम्बरसम्मको विवरण अनुसार, जापानमा बसोबास गर्ने आप्रवासीमध्ये चीनियाँ नागरिक पहिलो स्थानमा छन् भने, भियतनामी दोस्रो, दक्षिण कोरियाली तेस्रो र ब्राजिलियन चौथो स्थानमा छन्।
यसअघि सन् २०१२ मा सार्वजनिक गरिएको तथ्यांकअनुसार जापानमा जम्मा १२ हजार ७१ जना नेपाली मात्र थिए। पछिल्लो १२ वर्षमा नेपाली आप्रवासीको संख्या १० गुणाले वृद्धि भएको देखिन्छ।
जापानमा रहेका नेपालीहरु भाषा तथा उच्च शिक्षा अध्ययनका साथै उत्पादन, नर्सिङ, कृषि, क्याटरिङ लगायतका विभिन्न पेशा तथा व्यवसायमा संलग्न छन्।