प्रोर्चुगल । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले आज एक विज्ञप्ति प्रकाशित गरी स्मार्ट एनआरएनए एपबाट भरेको एनआरएनएको सदस्यता मात्र आधिकारिक भएको र हिजोआज सामाजिक सन्जाल तिर निशुल्क भन्दै प्रचार गरिएको अन्य लिंक भ्रामक रहेको जनाएको छ ।
संघका पोर्चुगल अध्यक्ष उमेशकुमार खड्का र का। महासचिव सुरज विष्टद्वारा प्रकाशित विज्ञप्तिमा गलत र भ्रामक प्रचारबाट नझुक्किकन र स्मार्ट एनआरएनए एप डाउनलोड गरी त्यहाँ आवश्यक विवरण भरी यसै एपबाट मात्र नयाँ सदस्यता लिन वा नवीकरण गर्न आग्रह गरिएको छ ।
स्मार्ट एनआरएनए एप बाहेक अन्य लिंकबाट डाटा र डकुमेन्ट असुरक्षित हुने कुरामा पनि सचेत गराउदै स्मार्ट एनआरएनए एप मात्र प्रयोग गर्न आम पोर्चुगलबासी नेपालीहरुलाई अनुरोध गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति
एनआरएनए पोर्चुगलको आधिकारिक सदस्यता स्मार्ट एनआरएनए एपबाट मात्र भर्नु हुन र अन्य भ्रामक प्रचारबाट नझुक्किनु हुन हार्दिक अनुरोध ।
आदरणीय पोर्चुगलबासी नेपाली दिदिबहिनी, दाजुभाइहरु सादर नमस्कार
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको सदस्यता स्मार्ट एनआरएनए एपबाट वितरण भइरहेको तथा सो एपबाट सदस्यता भर्ने म्याद ३१ मे २०२५ सम्म रहेको छ । अत्यन्त सुरक्षित र आधिकारिक रुपले सो एपबाट भरेको सदस्यता मात्र एनआरएनएको आधिकारिक सदस्यता हुनेछ ।
अहिले केही सामाजिक सन्जालहरुमा अर्को कुनै एउटा गुगल लिंक दिएर, पोस्टर बनाएर एनआरएनए पोर्चुगलको सदस्यता निस्शुल्क रूपमा वितरण भइरहेको भन्ने प्रचारप्रसार भएको देखिएकोले र यस्ता लिंकबाट भरिएको फर्मबाट भविष्यमा व्यक्तिगत डाटा र डकुमेन्ट सुरक्षामा पनि गम्भीर असर पुग्ने देखिन्छ । उक्त खालको भ्रामक प्रचारप्रसारबाट नझुक्किन वा भ्रममा नपर्नु हुन हार्दिक अनुरोध गरिन्छ ।
आफ्नो मोबाइल, कम्प्युटर लगायतका सम्बन्धित विद्यतीय साधनमा स्मार्ट एनआरएनए एप डाउनलोड गरी, उक्त एपमा मागिएको आवश्यक विवरण भरी, १० युरो शुल्क भुक्तान पश्चात् नयाँ सदस्यता भर्न वा पुरानो नवीकरण गर्न सकिने कुरा पुनः जानकारी सहित अनुरोध गरिन्छ ।
नोट स् थप जानकारीका लागि गैरआवासीय नेपाली संघ पोर्चुगलका पदाधिकारी तथा सदस्यहरुलाई सम्पर्क गर्न सकिनेछ ।
उमेशकुमार खड्का
अध्यक्ष
सुरज बिष्ट
कार्यवाहक महासचिव
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगल ।