८ भाद्र २०८२, आईतवार
Follow Us

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी युकेको प्रथम बैठक सम्पन्न

नेपालब्रिटेन डट कम्
७ चैत्र २०८१, बिहीबार २२:४८

लण्डन – अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी युकेको प्रथम औपचारिक बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। बैठकमा केन्द्रीय संयोजक अरुण अधिकारी तथा युएई संयोजक ह्युमन लिम्बुको विशेष उपस्थितिमा विभिन्न महत्वपूर्ण छलफल तथा अन्तरक्रिया गरियो।

बैठकमार्फत विभिन्न राज्यका प्रतिनिधिहरूलाई समेट्दै सेफ कुमार तिमिल्सिनाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

संस्थाले विश्वभर रहेका नेपाली सेफहरूलाई एकीकृत गर्दै नेपाली खानाको प्रचार-प्रसार, खाना गुणस्तर वृद्धिमा योगदान पुर्‍याउने तथा नेपाली सेफहरूको व्यक्तित्व विकासमा संस्थागत रूपमा सहयोग पुर्‍याउने लक्ष्य लिएको छ। यस अवसरमा केन्द्रीय संयोजक अरुण अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

नयाँ कार्यसमिति:
🔹 अध्यक्ष – कुमार प्रसाद तिमिल्सिना
🔹 वरिष्ठ उपाध्यक्ष – त्रिभुवन मल्ल
🔹 उपाध्यक्ष – सुबास पन्थ
🔹 महासचिव – सुदीप दाहाल
🔹 सचिव – सुबास न्यौपाने
🔹 कोषाध्यक्ष – बिक्रम भुजेल
🔹 सह-कोषाध्यक्ष – अर्जुन वि.क

सदस्यहरू:
लुमाकान्त रिजाल, निस्चल आचार्य, अनुराग कार्की, राम ढकाल, रामकृष्ण खड्का, सन्देस रायमाझी, प्रविन न्यौपाने, प्रदीप खारेल, विदुर वि.क, आकाश चन्द, दिपेन्द्र थापा, महेन्द्र बोहोर, यादव विश्वकर्मा, राजन पराजुली, लक्ष्मण श्रेष्ठ, नारायण श्रेष्ठ, गोपाल आर्याल, मुरलिधर धमला, दिपक कापरी, प्रविन गुरुङ, सागर आचार्य, सागर कोईराला, पदम बहादुर बस्नेत, डोमाकान्त पुलामी।

🔹 सल्लाहकार – विनोद वराल

नयाँ कार्यसमितिले सेफ समुदायको हकहितको संरक्षण गर्दै नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

धेरै पढिएको