लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष महेश श्रेष्ठले संघको एकता कायम गर्न उच्चस्तरीय समिति आवश्यक रहेको बताएका छन्।
आइतवार नेपालब्रिटेन डट कमसँग कुराकानी गर्दै उनले, आवश्यकता अनुसार समय थप गरेर भए पनि एकताको महाधिवेशन आयोजना गर्नुपर्नेमा जोड दिए।
श्रेष्ठका अनुसार हाल संघको एकताको प्रमुख जिम्मेवारी अध्यक्ष डा. बद्री केसीको हातमा रहेको छ, जसले गर्दा उनको भूमिका अझ महत्वपूर्ण रहनेछ।
यसअघि, श्रेष्ठले संघको निर्वाचन अक्टोबर महिनामा गराउने प्रस्ताव सहित मध्यमार्गी ५ बुँदे योजना अघि सारेका थिए। उक्त प्रस्तावलाई संघका अध्यक्ष डा. बद्री केसीलगायत नेताहरुले सकारात्मक रूपमा लिएको बताएका छन्।