२४ असार २०८२, मंगलवार
Follow Us

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ७६ हजार २ सय पुग्यो

नेपालब्रिटेन संवाददाता
१५ चैत्र २०८१, शुक्रबार ०६:१५

काठमाडौं, १५ चैत । आज पनि सुन चाँदी दुवैको मुल्य बढेको छ । जसअनुसार आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँ बढेर  प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँ पुगेको पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रति तोला १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको महासंघले जनाएको छ । जसअनुसार आज चाँदी प्रतितोला २ हजार ४० रुपैयाँ पुगेको छ ।

धेरै पढिएको