२४ असार २०८२, मंगलवार
Follow Us

तीनकुनेको आगजनीमा परि एभिन्यूजकर्मी सुरेश रजकको निधन

नेपालब्रिटेन संवाददाता
१५ चैत्र २०८१, शुक्रबार १३:३६

काठमाडौं । राजधानीको तीनकुनेमा राजावादी समर्थन प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर एभिन्यूजकर्मी सुरेश रजकको निधन भएको छ ।

यस एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा परेका थिए । उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै राजावादी समर्थन प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए, जसका कारण उनी जिउँदै जलेका हुन् ।

आगलागीपछि भवनबाट उनको जलेको शव फेला परेको छ । उनको शव नचिनिने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीसँग झडपपछि प्रदर्शनकारीहरूले उक्त मार्बल हाउसमा आगजनी गरेका थिए ।

धेरै पढिएको