ताजा खबर

गगन-विश्व समूह कागजात अद्यावधिक गर्न आज निर्वाचन आयोग जाँदै

काठमाडौँ । विशेष महाधिवेशनबाट नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन गरेको गगन थापासमूह निर्वाचन आयोग जाने भएको छ।

नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठकपछि गरिएको निर्णयसहित आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले जानकारी दिए । उनका अनुसार बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म आयोगमा कागजात बुझाइनेछ ।

नेपाली काँग्रेसको विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरण गर्न कानुनविद्सहित उनीसहितको टोली जान लागेको हो। बुधबार सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापति घोषणा गरेको थियो ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता