२४ असार २०८२, मंगलवार
Follow Us

३२.२४ अंकले बढ्यो शेयर बजार

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०८१, आईतवार १३:४२

काठमाडौं । आजको शेयर बजार बढेको छ । सााताको पहिलो दिन आइतबार बजार परिसूचक (नेप्से) ३२.२४ अंकले बढेर २६९५.५५ अंकमा बन्दा भएको छ । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५६ करोडको कारोबार भएको छ । आज २२२ कम्पनीको मूल्य बढ्दा २२ को घटेको छ ।

आज बैंकिङ ०.८२, विकास बैंक ०.८२, फाइनान्स २.०१, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर १.५४, लगानी २.१८, जीवन बीमा ०.८५, उत्पादन तथा प्रशोधन ०.५८, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.७८, अन्य २.०८ प्रतिशत बढेको छ ।

जोशी हाइड्रोको मूल्य सबैभन्दा धेरै ९.९४ प्रतिशत बढेको छ भने, दोर्दीखोला हाइड्रोपावरको ६.५९, गुराँस लघुवित्तको ५.९५ र तेह्रथुम पावरका् ५.८७ प्रतिशतले बढेको छ ।

आज कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहेको छ ।

धेरै पढिएको